सरकारले सार्वजनिक यातायातको भाडा २ प्रतिशतले घटायो

Jul 02, 2026 04:49 PM Merolagani



इन्धनको मूल्य घटेसँगै सरकारले पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशतले घटाएको छ । साविकको तुलनामा २ प्रतिशत भाडादर कटौती गर्ने निर्णय भएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सुचना अधिकारी ज्ञानराज लम्सालले अन्तर प्रदेशगत रुपमा सार्वजनिक यातायातको भाडा २ प्रतिशतले कटौती गरिएको बताए । ‘लामो दूरीका सार्वजनिक यातायातमा सरकारले हालको भन्दा २ प्रतिशतले भाडादर घटाएको छ ।’ -उनले मेरोलगानीसँग बताए ।

इन्धनको मूल्यमा आएको गिरावटका कारण भाडादर घटाएको यातायात व्यवस्था विभागले जनाएको छ। यसअघि २०८३ बैशाख १२ मा इन्धनको अस्वभाविक मूल्यवृद्धि भन्दै सार्वजनिक यातायातमा ५ प्रतिशत भाडा वृद्धि गरिएको थियो ।

गत बुधबार नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेल तथा मट्टीतेलमा ३० रुपैयाँ घटाएको थियो ।




के सरकारले शेयर कारोबारमा ट्रान्जेक्सन ट्याक्स लगाउन लागेको हो ?

Jun 28, 2026 05:08 PM

सुवास निरौला 

पछिल्लो समय सामाजिक सञ्जालमा शेयर बजारका विश्लेषक तथा लगानीकर्ता विष्णुप्रसाद बस्यालले फेसबुकमा लेखेको एउटा स्टाटसले शेयर बजारका आम लगानीकर्तामा ठूलो भ्रम र अन्योल सिर्जना गरिदिएको छ।