७ हजार मिटरका हिमाल नचढी सगरमाथा आरोहण गर्न नदिने सरकारको तयारी

Jul 06, 2026 03:12 PM Merolagani



संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सगरमाथामा बढ्दो आरोहीको चाप नियन्त्रण गर्न सरकारले नयाँ कानूनी व्यवस्था ल्याउने तयारी गरेको जानकारी दिए ।

सोमवार राष्ट्रिय सभामा विनियोजन विधेयकको मन्त्रायलगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले ७ हजार मिटरका हिमाल नचढी सगरमाथा आरोहण गर्न नदिने तयारी गरिएको बताएका हुन् । उनले पर्यटनसम्बन्धी नयाँ ऐन, नियमावली र कार्यविधि निर्माणको प्रक्रिया अघि बढाइएकोले सगरमाथा संरक्षणलाई विशेष प्राथमिकतामा राख्ने बताए । उनकाअनुसार प्रस्तावित ऐनमा ७ हजार मिटरभन्दा माथिका हिमाल सफलतापूर्वक आरोहण नगरी सगरमाथा आरोहण अनुमति नपाइने प्रावधान समावेश गरिने तयारी छ । यस्तो व्यवस्थाले सगरमाथामा हुने भीड घटाउनुका साथै अनुभवी आरोहीले मात्र अनुमति पाउने बताए । सगरमाथामा अत्यधिक भीडले यसको दीर्घकालीन संरक्षण र अस्तित्वमा चुनौती उत्पन्न हुने चिन्ताप्रति आफू सहमत रहेको उल्लेख गरे ।

उनले भने, ‘सगरमाथामाथीको प्रेसर बढी भयो, सगरमाथा चढ्नेहरुको भीडलाई नियन्त्रण नगर्दा यसको अस्तित्व नै संकटमा आउने कुरामा म पनि सहमत छु, यसको लागी मन्त्रालयले पर्यटनसम्बन्धी ऐन बन्दैछ, नियमावली, कार्यविधिहरु बन्दैछन्, त्यसमा ७ हजार माथीमा हिमालहरु नचढीकन सगरमाथा चढ्न नपाउने प्रकारका प्रावधान अब हामीले बनाउँदैछौँ । हिमालको रोयल्टी बढाउनेतर्फ गैरकर राजस्व हिसावले खासमा यो अर्थमन्त्रालयले हेर्ने विषय हो । तथापी अर्थमन्त्रालयसंग समन्वय गरेर आगामी दिनमा सगरमाथामाथीको प्रेसरलाई हटाउन हामी प्रतिवद्ध छौँ ।’

उनले पर्यटनको विविधतालाई खालमा राखेर सबै प्रकारका पर्यटन प्रवर्द्धनलाई मन्त्रालयले ध्यान दिने बताए । उनले एकै प्रकारको पर्यटन प्रवर्द्धन दिगो नहुने उल्लेख गरे । उनले ट्वीनटर विमान संरक्षण र विस्तारको नेपाल वायुसेवा निगमलाई आवश्यक निर्देशन दिने बताए। पोखरा र भैरहवा विमानस्थल सञ्चालनको लागि आवश्यक हवाई रुटको लागी कुटनितिक पहल गरिरहेको जानकारी दिए ।




विष्णु पौडेलको मुद्दामा ‘मोडस अपरेन्डी’को विकास भएको आशंकासहित चिट्ठोपत्र सम्बन्धी कसुर’ का फाइल झिकाउने आदेशपछि उच्च पदस्थहरु थप संशकित

Jul 01, 2026 01:54 PM

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ प्रकरणले नेपाली राजनीति र कानुनी क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ ।