स्वीकृत रुट बाहिर सवारी नचलाउन ट्राफिक प्रहरीको चेतावनी, पालना नगरे कारबाही हुने

Jul 06, 2026 03:57 PM Merolagani



काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक सवारी साधनहरूलाई आफूले पाएको 'रुट परमिट' (बाटो इजाजत) भन्दा बाहिर सवारी नचलाउन कडा निर्देशन दिएको छ। 

पछिल्लो समय सार्वजनिक सवारी साधनले स्वीकृत रुटको पालना नगर्दा यातायात क्षेत्रमा अव्यवस्था बढेको भन्दै ट्राफिक प्रहरीले यस्तो सचेत गराएको हो।

सोमबार एक सूचना जारी गर्दै महाशाखाले कतिपय सार्वजनिक सवारी साधनले तोकिएको मार्ग र गन्तव्यको पालना नगर्ने, रुट परमिट पाएका सवारीलाई अन्य प्रयोजनमा प्रयोग गर्ने र मनलाग्दी रुट परिवर्तन गर्ने गरेको पाइएको जनाएको छ। यस्ता गतिविधिले गर्दा नियमित यात्रुहरूले समयमा सेवा नपाउने र उनीहरूले ठूलो सास्ती भोग्नुपरेको जनगुनासो व्यापक बढेपछि प्रहरीले सक्रियता देखाएको हो।

प्रहरीको सूचनामा भनिएको छ, स्वीकृत रुट परमिट भन्दा बाहिर सवारी सञ्चालन गर्दा र तोकिएको गन्तव्य पालना नगर्दा सार्वजनिक यातायात सेवामा अव्यवस्था सिर्जना भएको छ। यसले गर्दा सर्वसाधारणले सहज र समयमै सेवा पाउन सकेका छैनन्।

ट्राफिक प्रहरीले यातायात व्यवसायी, सवारी धनी, चालक तथा सहचालकहरूलाई कानुनको पूर्ण पालना गर्न निर्देशन दिएको छ। सर्वसाधारणलाई सहज, सुरक्षित र भरपर्दो सेवा दिन आग्रह गर्दै प्रहरीले अबदेखि रुट परमिट उल्लंघन गर्ने सवारी साधनमाथि कडा निगरानी राख्ने र भेटिएमा कानुन बमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएको छ।




विष्णु पौडेलको मुद्दामा ‘मोडस अपरेन्डी’को विकास भएको आशंकासहित चिट्ठोपत्र सम्बन्धी कसुर’ का फाइल झिकाउने आदेशपछि उच्च पदस्थहरु थप संशकित

Jul 01, 2026 01:54 PM

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ प्रकरणले नेपाली राजनीति र कानुनी क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ ।