फिफा विश्वकप २०२६ः क्वाटरफाइनलको रोमाञ्चक समीकरण पूरा, यी हुन् अन्तिम आठमा पुग्ने टोलीहरू

Jul 08, 2026 08:55 AM Merolagani



संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाको संयुक्त आयोजनामा भइरहेको फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ १६’ (अन्तिम १६) का सम्पूर्ण खेलहरू समाप्त भएसँगै क्वाटरफाइनल (अन्तिम आठ) को रोमाञ्चक समीकरण पूरा भएको छ।

बुधबार बिहान भ्यानकुभरमा भएको अन्तिम खेलमा स्विट्जरल्याण्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गरेसँगै यस विश्वकपकै सबैभन्दा प्रतिक्षित आठ टोलीहरूको टुङ्गो लागेको हो। यस पटकको विश्वकपमा साविक विजेता अर्जेन्टिना, फ्रान्स र स्पेन जस्ता बलिया टोलीहरूले आफ्नो यात्रा सुरक्षित राखेका छन् भने तीनै सह–आयोजक राष्ट्रहरू (अमेरिका, मेक्सिको र क्यानडा) प्रतियोगिताबाट बाहिरिएका छन्।

क्वाटरफाइनलमा पुग्ने ८ टोलीहरूः

१. अर्जेन्टिना (इजिप्टलाई ३–२ ले हराउँदै)
२. नर्वे (पहिलो पटक क्वाटरफाइनलमा)
३. फ्रान्स (पाराग्वेलाई १–० ले पराजित गर्दै)
४. स्पेन (पोर्चुगललाई १–० ले हराउँदै)
५. इङ्गल्याण्ड (मेक्सिकोलाई ३–२ ले पराजित गर्दै)
६. बेल्जियम (अमेरिकालाई ४–१ ले हराउँदै)
७. स्विट्जरल्याण्ड (कोलम्बियालाई पेनाल्टीमा हराउँदै)
८. मोरक्को (अफ्रिकी महादेशको एकमात्र बाँकी प्रतिनिधि)

क्वाटरफाइनलका खेलहरु

फ्रान्स विरुद्ध मोरक्कोः जुलाइ १० मा १ः४५ बजे (नेपाली समय अनुसार) मोरोक्को र फ्रान्सबीच क्वाटरफाइनलको पहिलो खेल हुनेछ। लस एन्जलस स्टेडियममा हुने उक्त खेलमा फ्रान्सका कप्तान तथा स्टार खेलाडी एम्बाप्पेले मोरोक्कोको बलियो डिफेन्सको सामना गर्नेछ। यो खेल सन् २०२२ को सेमिफाइनलको रिम्याच जस्तै हुनेछ। सन् २०२२ को सेमिफाइनलेमा फ्रान्सले मोरोक्कोलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो।

बेल्जियम विरुद्ध स्पेनः क्वाटरफाइनलको दोस्रो खेल जुलाइ ११ मा ००ः४५ बजे (नेपाली समयअनुसार) स्पेन र बेल्जियमबीच हुनेछ। चालु विश्वकपमा हालसम्म एक गोल पनि नबेहोरेको स्पेन र उच्च फर्ममा रहेको बेल्जियम मियमी स्टेडियममा भिड्नेछन्।

नर्वे विरुद्ध इंगल्याण्डः स्टार खेलाडी अर्लिङ्ग हाल्याण्डको टोली नर्वे र अर्का स्टार खेलाडी ह्यारी केनको टोली इंगल्याण्ड बीच जुलाइ १२ मा बोस्टोन स्टेडियममा प्रतिस्पर्धा हुनेछ। ५ पटक विश्वकप विजेता ब्राजिललाई पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको नर्वेलाई, मेक्सिकोको आफ्नै गढमा पराजित गरेको इंगल्याण्डले टक्कर दिनेछ।

अर्जेन्टिना विरुद्ध स्विट्जरल्याण्डः क्वाटरफाइनलको अन्तिम खेल अर्जेन्टिना र स्विट्जरल्याण्डबीच हुनेछ। जुलाइ १२ कै दिन ६ः४५ (नेपाली समय) मा हुने उक्त खेलमा ७२ वर्षपछि क्वाटरफाइनलेमा प्रवेश गरेको स्वीस टोलीले स्टार खेलाडी लियोनल मेस्सीको टोलीको सामना गर्नेछ। उक्त खेल कान्सास सिटी स्टेडियममा हुनेछ।

यी खेलहरूमा विजयी हुने टाेली सेमिफाइनलमा प्रवेश गर्नेछन् भने पराजित टाेलीहरूकाे यस विश्वकपकाे यात्रा सामाप्त हुनेछ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।