१५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

Jul 13, 2026 10:41 AM Merolagani



नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकिङ प्रणालीमा अधिक तरलता रहेका कारण केन्द्रीय बैंकले आज असार २९ गते ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ छ’ जारी गर्ने भएको हो।

यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन्। आज मध्याह्न ३ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ। बोलकबोलका माध्यमबाटै यो ऋणपत्रको ब्याजदर निर्धारण हुनेछ।

यो एकवर्षे अवधिको ऋणपत्र हो। यसको साँव भुक्तानी २०८४ असार २९ गते हुने भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ। यस ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिनेछ।




थुप्रिएको पैसा, रित्तिएको भरोसाका बिच प्रधानमन्त्री ढिलै भए पनि मन्त्रीहरूको भर नपरी आफैँ मैदानमा उत्रिए

Jul 11, 2026 11:31 AM

सुवास निरौला 

नेपालको राजनीतिमा एउटा मानक भाष्य छ– "स्थिर सरकार भए अर्थतन्त्रले गति लिन्छ।" तर, वर्तमान सरकारको १०० दिन पूरा भइरहँदा यो भाष्य एउटा गम्भीर भुमरीमा फसेको छ।