सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका ९ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया

Jul 13, 2026 05:06 PM Merolagani



सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सुदूरपश्चिमको दुर्गम जिल्ला दार्चुलाका ९ जना विपन्न नागरिकको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न गरेको छ।

बैंकले गत वैशाख २९ र ३० गते जिल्ला अस्पताल दार्चुला र दुहुँ गाउँपालिकामा सञ्चालन गरेको निःशुल्क आँखा शिविरमा पहिचान भएका बिरामीहरूलाई लक्षित गरी यो सेवा प्रदान गरेको हो।

शिविरमा मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएका ११ जनामध्ये ९ जनाको गेटा आँखा अस्पताल, डडेल्धुरामा सफलतापूर्वक शल्यक्रिया गरिएको बैंकले जनाएको छ। बाँकी २ जनाको भने स्वास्थ्य अवस्थाका कारण तत्काल शल्यक्रिया गर्न सम्भव नभएको बताइएको छ।

 

बैंकको आर्थिक सहयोग तथा सहजीकरणमा सम्पन्न यस अभियानले न्यून आर्थिक अवस्था भएका नागरिकहरूलाई नयाँ दृष्टि प्रदान गरेको छ। वैशाखमा सञ्चालित ती दुई शिविरहरूमा ७ सय जनाभन्दा बढीको निःशुल्क आँखा परीक्षण गरिएको थियो। जसमध्ये ४ सय ८७ जनालाई निःशुल्क चश्मा र ६ सय जनालाई औषधि समेत वितरण गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सांग्रिला डेभलपमेन्ट बैंकले बैंकिङ सेवाका साथै सामाजिक कार्यमा पनि आफ्नो सक्रियता बढाउँदै लगेको छ। ‘आम नागरिकको प्रगाढ विश्वास र भरोसाका कारण बैंकले हाल मुलुकभर १०८ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ,’ उत्त, कार्यक्रममा बैंकका वरिष्ठ नायव महाप्रबन्धक अपूर्व प्रसाद जोशीले भने, ‘आगामी दिनमा पनि संस्थागत सुशासन र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै सेवालाई थप विस्तार गर्ने हाम्रो प्रतिबद्धता छ।’

दुर्गम क्षेत्रका नागरिकहरूलाई स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले बैंकले गरेको यो कार्यको स्थानीय स्तरमा उच्च प्रशंसा भएको छ।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।