अब पूरा सिलिन्डर ग्याँस पाइने

Jul 14, 2026 07:22 PM Merolagani



नेपाल आयल निगमले बजारमा पुनः साविककै १४.२ केजीको एलपी ग्यास सिलिन्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ। 

निगमले एक विज्ञप्ति जारी गर्दै भोलि असार ३१ गतेदेखि देशभर साविककै तौल भएको ग्यास सिलिन्डर बिक्री गर्ने व्यवस्था मिलाएको जानकारी दिएको हो।

अब उपभोक्ताले प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तिरेर १४.२ केजीको पूर्ण आकारको ग्यास खरिद गर्न सक्नेछन्। यसअघि आपूर्ति प्रणालीमा सहजता ल्याउन भन्दै निगमले २०८२ साल फागुन २९ गतेदेखि लागू हुने गरी बजारमा ७.१ केजीको आधा सिलिन्डर ग्यास मात्रै पठाउने निर्णय गरेको थियो। तर हाल इन्डियन आयल कर्पोरेसनका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरी हबहरूबाट हुने ग्यास लोड व्यवस्थामा सुधार आएको र बजारमा पूर्ण आकारकै सिलिन्डरको उच्च माग रहेकाले निगमले पुरानै व्यवस्था व्युँताउने निर्णय लिएको हो।

निगमले बजारबाट ७.१ केजीका सिलिन्डरहरू पूर्ण रूपमा फिर्ता नभएसम्मका लागि बजारमा दुवै प्रकारका सिलिन्डरहरू सँगै देखिन सक्ने स्पष्ट पारेको छ। त्यसैले उपभोक्ताहरूलाई ग्यास खरिद गर्दा सिलिन्डरको तौल र मूल्य राम्रोसँग यकिन गरेर मात्रै खरिद गर्न विशेष अनुरोध गरिएको छ। यसैगरी हाल भारतबाट एलपी ग्यासको आयात नियमित र सहज रूपमा भइरहेकाले बजारमा अभाव हुने कुनै सम्भावना नरहेको निगमले जनाएको छ। आपूर्ति सहज रहेकाले ग्यासको अनावश्यक भण्डारण नगर्न र आफ्नो दैनिक आवश्यकता अनुसार मात्र खरिद गर्न समेत नेपाल आयल निगमले आम उपभोक्ता वर्गमा हार्दिक अपिल गरेको छ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।