याे महिनादेखि भ्याट सहितकाे बिजुलीकाे बिल आउने

Jul 17, 2026 12:57 PM Merolagani



याे महिनादेखि ग्राहकले बिजुलीकाे बिलमा ५ प्रतिशत भ्याट तिर्नुपर्नेछ । सरकारले साउन १ गतेदेखि लागू हुने गरी घोषणा गरेको नयाँ कर नीति अनुसार यस्ता ग्राहक २६ लाखभन्दा बढी भएकाे नेपाल विद्युत् प्राधिकरणले जनाएकाे छ ।

सरकारले पहिलोपटक घरायसी रुपमा खपत हुने विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) प्रणाली लागु गरेकाे हाे । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत यस्ताे कर लगाएका थिए ।

अब ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी ग्राहकका लागि ५ प्रतिशत र औद्योगिक तथा व्यावसायिक ग्राहकका लागि १३ प्रतिशत भ्याट अनिवार्य रूपमा भुक्तानी गर्नुपर्ने कानुनी व्यवस्था गरिएको छ ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।