प्रि ओपन सेसन अपडेटः सामान्य अंक बढ्यो नेप्से

Jul 21, 2026 10:52 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ४१.७० अंक बढेर २७१९.२४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.१३ अंक बढेर २७१९.३८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१४ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ७७ स्टकको १३८ पटकको कारोबारमा ४६ लाख ७८ हजार ३६१ रुपैयाँ ४० पैसाबराबरको ८ हजार १०१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३३ स्टकको मूल्य बढेको छ भने ३४ स्टकको मूल्य घटेको छ। बाँकी १० स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




यी ठाउँमा जग्गाको कित्ताकाट रोकियो, जग्गा टुक्राएर बिक्री गर्नेलाई घाटा, अंशबन्डा गर्नेलाई भने असर नपर्ने

Jul 17, 2026 12:37 PM

भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो।