अघिल्लो कारोबार दिन अर्थात मंगलबार ६.११ अंक बढेर २५७६.२९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.९४ अंक बढेर २५७७.२३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.३६ अंक घटेको छ।
बुधबार प्रि ओपन सेसनमा ३९ स्टकको ४६ पटकको कारोबारमा ९ लाख ३० हजार ८२५ रुपैयाँ ९० पैसाबराबरको १ हजार ३५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १७ स्टकको मूल्य बढेको छ भने १८ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।