सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा बढ्यो, लाभांश क्षमतामा पनि सुधार

Jul 22, 2026 09:07 AM Merolagani



सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा व्यावसायिक तथा वित्तीय परिसूचकहरूमा सन्तोषजनक प्रदर्शन गरेको छ। बैंकको खुद नाफा, प्रति शेयर आम्दानी र वितरणयोग्य नाफामा अघिल्लाे आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।

गत असार मसान्तसम्ममा बैंकले ८८ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.६९ प्रतिशतको वृद्धि हो। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ६० करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानीः अघिल्लो आर्थिक वर्ष २ अर्ब ७ करोड रहेकोमा गत आर्थिक वर्ष १६.८३ प्रतिशत बढेर २ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ।

इम्पेयरमेन्ट चार्जः बैंकको प्रोभिजनिङ/इम्पेयरमेन्ट चार्ज अघिल्लो आर्थिक वर्षको ३४ करोड ५४ लाख रुपैयाँबाट उल्लेख्य रूपमा घटेर ९ करोड १३ लाख रुपैयाँमा झरेको छ। यसले बैंकको खराब कर्जा व्यवस्थापन र असुलीमा सुधार आएको देखाउँछ।

लाभांश क्षमतामा सुधार

गत असार मसान्तसम्म बैंकको लगानीकर्ताहरूलाई वितरण गर्न मिल्ने नाफा ४९ करोड २३ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्ष ३६ करोड ८३ लाख रुपैयाँ थियो। बैंकको विद्यमान चुक्ता पूँजी (३.७३ अर्ब रुपैयाँ) का आधारमा शेयरधनीहरूलाई १३.१९ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता देखिन्छ। अघिल्लो आर्थिक वर्ष बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी १० रुपैयाँ ३६ पैसा थियो।

निक्षेप र कर्जा विस्तारः ग्राहकबाट सङ्कलन गरिएको निक्षेप ५४ अर्ब ८६ करोड रुपैयाँबाट बढेर ५६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, ग्राहकलाई प्रवाह गरिएको कर्जा ४२ अर्ब ८२ करोड रुपैयाँबाट बढेर ४५ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ।

निष्क्रिय कर्जाः अघिल्लो आर्थिक वर्ष ५.५२ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा गत वर्ष बढेर ६.८७ प्रतिशत पुगेको छ।

कस्ट अफ फन्ड्सः बजारमा ब्याजदर घट्दा बैंकको ‘कस्ट अफ फन्ड्स’ गत वर्षको ५.०१ प्रतिशतबाट घटेर ३.५४ प्रतिशतमा झरेको छ। यसैगरी आधार दर पनि ७.०८ प्रतिशतबाट घटेर ५.५७ प्रतिशत कायम भएको छ, जसले ऋणीहरूलाई राहत पुर्याएको छ।

निक्षेप–कर्जा अनुपातः बैंकको सिडी रेसियो ८३.३७ प्रतिशत रहेको छ, जसले बैंकसँग थप कर्जा प्रवाह गर्न पर्याप्त तरलता रहेको देखाउँछ।




यी ठाउँमा जग्गाको कित्ताकाट रोकियो, जग्गा टुक्राएर बिक्री गर्नेलाई घाटा, अंशबन्डा गर्नेलाई भने असर नपर्ने

Jul 17, 2026 12:37 PM

भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो।