ग्रीन डेभलपमेन्ट बैंकको नाफा र वितरणयोग्य मुनाफा दुबै बढ्यो

Jul 27, 2025 09:23 AM Merolagani



ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड (GRDBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा र वितरणयोग्य मुनाफा दुबै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ६ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७९.५३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष बैंकले ३ करोड ८६ लाख रुपैयाँ यस्तो नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.७३ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १३.०१ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १९.२६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ७२.७९ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा २ करोड ८९ लाख रुपैयाँबाट घटेर ६८ लाख रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ९४.७० प्रतिशत बढेर ६ करोड ७ लाख रुपैयाँ पुुगेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ १ पैसा बढेर १२ रुपैयाँ १८ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १० रुपैयाँ ६७ पैसा र प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ११ पैसा रहेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२२.०७ गुणा रहेको छ।

५६ करोड ९६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १२ करोड ५९ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ६ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।