नेपाल विद्युत् प्राधिकरणका अनुसार, विगतका वर्षहरुमा भन्दा उक्त आवमा विद्युत् व्यापारबाट २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ ।
भारतीय खुला बजार र बंगलादेशसँगको व्यापारमार्फत ३ अर्ब ८७ करोड ७४ लाख युनिट बिजुली औसत ७.५६ रुपैयाँमा बिक्री गरिएको हो ।
अघिल्लो वर्षको तुलनामा निर्यात परिमाण ६२.८९ प्रतिशतले वृद्धि भएको छ । २०८१/०८२ मा २ अर्ब ३८ करोड २९ लाख युनिट विद्युत् निर्यात गरी १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ आम्दानी भएको थियो
निर्यातमा भएको वृद्धि र आयातमा आएको संकुचनले गर्दा नेपालको ऊर्जा क्षेत्रमा उत्साहजनक सुधार देखिएको हो ।