निर्यात प्रवर्द्धनका लागि प्रधानमन्त्री शाहको सक्रियताः आज प्रमुख निर्यातकर्ताहरूसँग छलफल गर्दै

Jul 24, 2026 10:03 AM Merolagani



प्रधानमन्त्री बालेन्द्र शाहले देशको निर्यात व्यापारमा देखिएका समस्या र समाधानका उपायबारे आज प्रमुख निर्यातजन्य उद्योगव्यवसायका प्रतिनिधिहरूसँग छलफल गर्दैछन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११ः३० बजे हुने उक्त छलफलमा नेपालका प्रमुख निर्यातजन्य क्षेत्रका नेतृत्वकर्ताहरूको सहभागिता रहनेछ।

छलफलमा नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल गलैंचा उत्पादक तथा निर्यातकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङ, नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछाने, कार्पेट तथा प्लाइउड निर्यातकर्ता देवानन्द सरावगी र नेपाल डग च्यु उत्पादक सङ्घका अध्यक्ष रेशमबहादुर पोखरेल सहभागी हुनेछ्न्।

प्रधानमन्त्री शाहले निर्यात प्रवर्द्धनका क्रममा भोग्नुपरेका चुनौती, आवश्यक नीतिगत सुधार र व्यापार घाटा कम गर्न चाल्नुपर्ने कदमका बारेमा उद्योगीहरूसँग प्रत्यक्ष संवाद र सुझाव लिनेछन्। विशेष गरी नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सरकारले खेल्नुपर्ने भूमिकाबारे केन्द्रित रहेर छलफल हुने बताइएको छ।

देशको अर्थतन्त्रलाई चलायमान बनाउन र उत्पादनमुखी अर्थतन्त्रको विकास गर्न प्रधानमन्त्री शाहले पछिल्लो समय निजी क्षेत्रका उद्योगी, व्यवसायी र सरोकारवाला निकायहरूसँग निरन्तर संवाद गर्दै आएका छ्न। आजको छलफललाई पनि सोही शृङ्खलाको एक महत्त्वपूर्ण कडीका रूपमा हेरिएको छ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।