उपसभापति पदको प्राप्त मत विवरण:
-
डा. चन्द्रकान्त भण्डारी (खुला): ३,७३५ मत प्राप्त गरी पहिलो स्थानसहित निर्वाचित।
-
मधु आचार्य (खुला): २,३४२ मत प्राप्त गरी दोस्रो स्थान हासिल गर्दै निर्वाचित।
-
विनोद चौधरी (समावेशी): १,७४५ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी जीवन परियार (१,६५८ मत) लाई पराजित गरी निर्वाचित।
महामन्त्री पदको प्राप्त मत विवरण:
-
प्रदीप पौडेल (खुला): सर्वाधिक ४,१९४ मत प्राप्त गरी शानदार जित दर्ता गराउनुभएको।
-
उदयशम्शेर राणा (खुला): २,३३० मत प्राप्त गर्दै (निकटतम प्रतिस्पर्धी डा. सुनिलकुमार शर्मालाई ७३ मतले पछि पार्दै) निर्वाचित।
-
डा. डिला संग्रौला (महिला): ३,११८ मत प्राप्त गरी निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय 'डिना' (२,८६४ मत) लाई पराजित गर्दै निर्वाचित।
शीर्ष पदाधिकारीहरूको मतपरिणाम सार्वजनिक भएसँगै निर्वाचन समितिले निर्वाचित नेताहरूलाई प्रमाणपत्र वितरण गर्ने तयारी गरेको छ भने केन्द्रीय कार्यसमितिका बाँकी सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदहरूको मतगणनालाई पनि निरन्तरता दिइएको छ।