बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने यस बैठकको मुख्य एजेन्डा प्रधानमन्त्रीको औपचारिक भारत भ्रमण नै रहेको छ।
भ्रमणका मिति, भेटघाटको समयसीमा र द्विपक्षीय एजेन्डाहरूलाई मन्त्रिपरिषद्को बैठकबाट अनुमोदन गराएपछि परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलनमार्फत भ्रमणको आधिकारिक जानकारी सार्वजनिक गर्ने तयारी गरेको छ। नयाँ राजनीतिक नेतृत्वको भारत भ्रमणलाई द्विपक्षीय हित, पारवहन, ऊर्जा व्यापार र आपसी सम्बन्धलाई थप सुदृढ गर्ने अवसरका रूपमा हेरिएको छ।