प्रि ओपन सेसन अपडेटः करिब ७ अंक घट्यो नेप्से

Jul 24, 2026 10:52 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ७ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बिहीबार १४.१७ अंक घटेर २७२६.७२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ६.९७ अंक घटेर २७१९.७४ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने २.०५ अंक घटेको छ।

शुक्रबार प्रि ओपन सेसनमा ६७ स्टकको १४१ पटकको कारोबारमा ८६ लाख ८६ हजार ४०२ रुपैयाँ ८० पैसाबराबरको १० हजार ८९९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १९ स्टकको मूल्य बढेको छ भने ४३ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।