वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

Jul 28, 2026 12:56 PM Merolagani



वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने रौतहट घर भएका ३० वर्षीय मुन्ना चौधरी, ललितपुर, ललितपुर महानगरपालिका-२६ बस्ने मोरङ घर भएका ४७ वर्षीय भुमिका देवान, काठमाडौं महानगरपालिका-१० बस्ने भोजपुर घर भएका ४३ वर्षीया बिमला थापा, ललितपुर, ललितपुर महानगरपालिका-९ बस्ने दैलेख घर भएका ४१ वर्षीय केशव बहादुर शाही र भक्तपुर सूर्यविनायक नगरपालिका-२ बस्ने मोरङ घर भएका ३५ वर्षीया बिनु श्रेष्ठ रहेका छन् ।

पक्राउ मध्ये मुन्नाले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ६६ हजार रूपैयाँ, भुमिकाले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ, बिमलाले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ४८ हजार रूपैयाँ, केशवले जर्जिया लगायतका देशहरू पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट ८८ लाख ५० हजार रूपैयाँ र बिनुले हङकङ पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मुन्नालाई काठमाडौं महानगरपालिका-१२ बाट शनिबार, भुमिकालाई ललितपुर महानगरपालिका(२६ बाट, बिमलालाई काठमाडौं महानगरपालिका-२६ बाट र केशव बहादुरले काठमाडौं महानगरपालिका-९ बाट आइतबार तथा बिनुलाई भक्तपुर मध्यपुर थिमी नगरपालिका-५ बाट सोमबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

 




नेप्सेमा 'ब्ल्याक फ्राइडे': एकै दिन १ हजार अंकको पहिरो, नेप्सेको प्राविधिक हालत !

Jul 24, 2026 04:01 PM

नेपाली शेयर बजारको इतिहासमा आज शुक्रवार शेयर बजारको कारोबार मापन गर्ने नेप्से सूचक एकै दिन १०००.९३ अंकले घटेर १७१७.७९ को विन्दुमा झरेको छ।