वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

Oct 06, 2026 05:12 PM Merolagani



वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-५ बस्ने ३३ वर्षीय दिपेन्द्र दाहाल, सोही नगरपालिका-१० बस्ने धादिङ घर भएका २७ वर्षीय रमेश दनै, टोखा नगरपालिका- ९ बस्ने बागलुङ घर भएका २६ वर्षीय युवराज रिजाल र रोल्पा घर भएका ५० वर्षीय बिरसिंह बाठा रहेका छन् ।

पक्राउ मध्ये दिपेन्द्रले स्पेन पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३५ लाख ९४ हजार रूपैयाँ, रमेशले रोमानिया पठादिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ, युवराजले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ र बिरसिंहले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख ७८ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दिपेन्द्रलाई काठमाडौं महानगरपालिका-१० बाट शुक्रबार, रमेशलाई काठमाडौं तार्केश्वर नगरपालिका-१० बाट शनिबार तथा युवराजलाई काठमाडौं टोखा नगरपालिका-९ बाट र बिरसिहंलाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।