एनपीएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ

Nov 04, 2026 04:41 PM Merolagani



नेपाल प्रिमियर लिग (एनपीएल) का खेलमा अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारतको बिहार राज्यअन्तर्गत भोजपुरका ३२ वर्षीय सोनु कुमार सिन्हालाई काठमाडौँको ठमेलबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी एनपीएलका खेलमा अनलाइनमार्फत सट्टेबाजी हुने गरेको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो। सोही क्रममा सिन्हालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले उनको साथबाट दुई थान मोबाइल बरामद गरी जाँच गर्दा विभिन्न चारवटा अनलाइन बेटिङ साइटमा लगइन गरेर ८९ लाख ८१ हजार ७२९ रुपैयाँ बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ।

सिन्हालाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ अन्तर्गत जुवा खेल्ने वा सट्टेबाजी गर्न नहुने कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले बुधबार जानकारी दिएको छ।




सुन र चाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

Oct 30, 2026 10:45 AM

कार्तिक १३ गते, शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। यस दिन सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले घट्दा चाँदीको मूल्य १०५ रुपैयाँले घटेको हो।