प्रि ओपन सेसन अपडेटः करिब २ अंक बढ्यो नेप्से

Jul 29, 2026 10:53 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४.६४ अंक घटेर २६९६.६७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.८७ अंक बढेर २६९८.५४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१० अंक घटेको छ।

बुधबार प्रि ओपन सेसनमा ५१ स्टकको ६७ पटकको कारोबारमा ४१ लाख २८ हजार ९९७ रुपैयाँ १० पैसाबराबरको १९ हजार ८५२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २० स्टकको मूल्य बढेको छ भने २७ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




नेप्सेमा 'ब्ल्याक फ्राइडे': एकै दिन १ हजार अंकको पहिरो, नेप्सेको प्राविधिक हालत !

Jul 24, 2026 04:01 PM

नेपाली शेयर बजारको इतिहासमा आज शुक्रवार शेयर बजारको कारोबार मापन गर्ने नेप्से सूचक एकै दिन १०००.९३ अंकले घटेर १७१७.७९ को विन्दुमा झरेको छ।