अर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूबीच छलफल हुँदै, वित्तीय समस्या र समाधानमा केन्द्रित हुने

Aug 05, 2026 08:58 AM Merolagani



अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकहरूसँग विशेष छलफल गर्ने भएका छन्।

देशको वर्तमान वित्तीय अवस्था, मौद्रिक नीतिको कार्यान्वयन र अर्थतन्त्रका समग्र चुनौतीहरूका विषयमा केन्द्रित रहेर उक्त छलफल हुन लागेको हो। मौद्रिक उपकरणहरूको प्रत्यक्ष कार्यान्वयन गरिरहेका र वित्तीय क्षेत्रको सूक्ष्म ज्ञान भएका केन्द्रीय बैंकका उच्च अधिकारीहरूसँग अर्थमन्त्रालयमा यस प्रकारको छलफल हुन लागेको सम्भवतः पहिलो पटक हो।

यसअघि केन्द्रीय बैंकका गभर्नर र डेपुटी गभर्नरहरूसँग नियमित परामर्श हुँदै आएकोमा, उनीहरूकै सल्लाह र समन्वयमा कार्यकारी निर्देशकहरूलाई समेत समेटेर यो विस्तारित छलफल आयोजना गरिएको हो।

छलफल आज बिहान ९:१५ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा सुरु हुनेछ। कार्यक्रमको प्रारम्भिक चरणमा सञ्चारकर्मीहरूलाई फोटो तथा भिडियो खिच्ने व्यवस्था मिलाइएको छ।




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।