Thu, Aug 06, 2026
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक बुधबार (साउन २० गते) बिहान ११:३० बजेका लागि तय गरिएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने उक्त बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषय, बजेट कार्यान्वयन र सरकारका नियमित कामकारबाहीबारे छलफल हुने जनाइएको छ।
नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।