एनआईसी एशिया क्यापिटलको ५० प्रतिशत नगद लाभांश

Aug 12, 2026 11:03 AM Merolagani



एनआईसी एशिया क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ को नाफाबाट शेयरधनीहरूलाई ५० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । मंगलबार बसेको क्यापिटलको सञ्चालक समितिका बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।


उक्त लाभांश प्रस्ताव पारित गर्नका लागि क्यापिटलले आफ्नो दशौं वार्षिक साधारण सभा आह्वान गरेको छ। साधारण सभा आगामी २०८३ साल भाद्र २६ गते शुक्रबारका दिन बिहान ९ बजे थापाथलीस्थित आफ्नै रजिष्टर्ड कार्यालयमा बोलाएको हो ।

 

साधारण सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने तथा ५० प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ ।

क्यापिटलले आफ्नो सेवालाई प्रविधिमैत्री र सर्वसुलभ बनाउन अब लाइनमा होइन, क्यापिटलको सेवा अनलाईनमा भन्ने मूल नाराका साथ काम गरिरहेको जनाएको छ। यसै रणनीतिअनुसार क्यापिटलले प्रदान गर्ने अधिकांश सेवाहरू अनलाइनमार्फत नै उपलब्ध गराउने व्यवस्था मिलाउन सफल भएको क्यापिटलको भनाई छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।