नाइमा मोबिलिटी एक्स्पोको दोस्रो दिनमा २६ हजारले गरे अवलोकन

Aug 13, 2026 02:03 PM Merolagani



काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को दोस्रो दिन बुधबार २६ हजारभन्दा बढीले अवलोकन गरेका छन् ।

आयोजकका अनुसार बुधबार मात्रै २६ हजारभन्दा बढी दर्शक एक्स्पोमा पुगेका थिए भने उद्घाटनको दिन २९ हजारभन्दा बढीले अवलोकन गरेका थिए।

एक्स्पोमा विशेषगरी विद्युतीय सवारीको ब्याट्री क्षमता, मोटर, रेन्ज र आफ्टर–सेल्स सर्भिसबारे अवलोकनकर्ताको चासो देखिएको छ। ग्राहक आकर्षित गर्न कम्पनीहरूले मूल्य छुट, निःशुल्क बिमा तथा सर्भिसिङ, सवारी कर छुट र सहुलियत ब्याजदरमा कर्जालगायत सुविधा दिएका छन्।

 

दोस्रो दिन विभिन्न ब्रान्डले चार नयाँ मोडल सार्वजनिक गरेका छन्। पहिलो दिन ४८ नयाँ मोडल सार्वजनिक गरिएको थियो। नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ। आयोजकले एक्स्पो अवधिभर करिब डेढ लाख दर्शक पुग्ने अपेक्षा गरेको छ।

एक्स्पोमा नयाँ विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षण बनेका छन्। बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूले पनि सवारी खरिदका लागि विभिन्न सहुलियत तथा विशेष अफर उपलब्ध गराइरहेका छन्।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।