पाँच महिनाको उपचारपछि देउवाको पुनरागमन: राष्ट्रिय एकता र नयाँ पुस्तासँग सहकार्यमा जोड

Aug 13, 2026 02:09 PM merolagani



नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले करिब पाँच महिना लामो स्वास्थ्य उपचारपछि पुनः  सार्वजनिक जीवनमा फर्किएको घोषणा गरेका छन्।

पाँच महिनाको उपचारपछि साउन २८ गते स्वदेश फर्कदा  एक वक्तव्य जारी गर्दै उहाँले आफ्नो स्वास्थ्यप्रति चासो राख्ने सबैप्रति कृतज्ञता व्यक्त गर्दै देशको वर्तमान राजनीतिक स्थिति, पार्टीको आन्तरिक सुदृढीकरण र भावी दिशाबारे विस्तृत धारणा सार्वजनिक गरेका हुन्।

देउवाले वक्तव्यमार्फत युवा पुस्ताले मागेको परिवर्तन र 'जेनजी' (Gen Z) आन्दोलनका जायज मुद्दाहरूलाई नेपाली कांग्रेसले आत्मसात् गरेको स्पष्ट पारे। विश्व बदलिरहेको अवस्थामा नयाँ पुस्ताको भावना अनुसार अघि बढ्नुपर्ने बताउँदै उनले विगतमा सशस्त्र द्वन्द्व व्यवस्थापन र आन्तरिक विवाद सुल्झाएको आफ्नो राजनीतिक अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्न तयार रहेको उल्लेख गरे।

२०३३ सालमा वीपी कोइरालाले ४७ वर्षअघि भारत निर्वासनबाट फर्किँदा गर्नुभएको राष्ट्रिय मेलमिलापको आह्वानलाई स्मरण गर्दै देउवाले अहिले पनि मुलुकलाई सुदृढ र सर्वपक्षीय राष्ट्रिय एकताको खाँचो रहेको औंल्याए। उनले जनतामा देखिएको परिवर्तनको ठूलो आकांक्षालाई सम्बोधन गर्नु वर्तमान सरकारको दायित्व भएको भन्दै राजनीतिक आग्रह र पूर्वाग्रह साधेर अघि नबढ्न सरकारलाई आग्रह गरे।

 

यस्तै, कांग्रेसभित्र देखा परेका असहमति र कार्यकर्तामा छाएको निराशालाई तत्काल समाधान गरी पार्टीलाई एकताबद्ध बनाउने उनको भनाइ छ। लामो संघर्ष र बलिदानबाट प्राप्त संविधानको संरक्षण गर्दै आवश्यकता परे राष्ट्रिय सहमतिका आधारमा मात्र संशोधन गरिनुपर्नेमा देउवाले जोड दिएका छन्। आफू शक्ति वा सत्ता प्राप्त गर्न नभई मुलुकको सेवा गर्न र राष्ट्रिय एकता सुदृढ बनाउन फर्किएको स्पष्ट पार्दै उहाँले बाँकी जीवन राष्ट्र, लोकतन्त्र, संविधान र जनताको सर्वोत्तम हितमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरे।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।