सरकार र म्यानपावर व्यवसायीबीच सहमति, आन्दोलनका कार्यक्रम स्थगित

Aug 17, 2026 01:07 PM Merolagani



वैदेशिक रोजगार व्यवसायी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच १५ बुँदे माग ४५ दिनभित्र सम्बोधन गर्ने सहमति भएको छ ।

सहमतिसँगै व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हरि डाँगीका अनुसार व्यवसायीले भोलिदेखि नियमित रूपमा कार्यालय सञ्चालन गर्नेछन् । माग सम्बोधन नभएको भन्दै व्यवसायीले कार्यालय बन्द गरी श्रमिक पठाउने काम रोक्ने घोषणा गरेका थिए ।

व्यवसायीले सेवा शुल्क निर्धारण, विभागबाट भएका कारबाही फिर्ता लगायतका माग अघि सारेका थिए । मन्त्रालय र संघबीच नीतिगत मागलाई वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनमार्फत सम्बोधन गर्ने सहमति भएको छ ।

संघले साउन २२ गतेदेखि १५ बुँदे माग राख्दै आन्दोलन तथा ध्यानाकर्षणका कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।