३५० को सामान किन्दा १० लाखको बम्पर उपहार

Aug 17, 2026 04:08 PM Merolagani



आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक (साउन १६–३१) विजेताहरूको नाम घोषणा गरेको छ। अर्थ मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रमका बीच अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायले गोलाप्रथा (लक्की ड्र) मार्फत पुरस्कारको घोषणा  गरेका हुन। 

यस पटक गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टर बाट मात्र ३५० रुपैयाँको सामान खरिद गरी बिल दर्ता गराएका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जित्न सफल भएका छन्। बम्पर उपहारका साथै अन्य १५ जना उपभोक्ताले पनि जनही एक लाख रुपैयाँ (कर कटाएर खुद प्राप्त हुने रकम) जितेका छन्। विभागका अनुसार विजेताहरूले पाउने कूल रकम एक लाख ३३ हजार ३३४ रुपैयाँ भए पनि नियम अनुसारको कर कट्टी गरी उनीहरूको हातमा एक लाख रुपैयाँ पर्नेछ।

नियमित बिल लिने र डिजिटल भुक्तानी गर्ने संस्कृतिको विकास गर्न सुरु गरिएको यस योजनामा सर्वसाधारणको आकर्षण ह्वात्तै बढेको छ। साउनको पहिलो १५ दिनमा जम्मा ७ हजार ७७ वटा बिल मात्र अपलोड भएकोमा, दोस्रो १५ दिनमा यो सङ्ख्या बढेर ३ लाख ५७ हजार १४९ पुगेको छ।

त्यस्तै, क्यूआर (QR) कोडमार्फत भुक्तानी गर्दा स्वतः सहभागी हुने प्रणालीका कारण डिजिटल कारोबारमा पनि वृद्धि देखिएको छ। अघिल्लो अवधिमा २ करोड ५६ लाख ८ हजार ९४ रहेको क्यूआर कारोबार सङ्ख्या पछिल्लो १५ दिनमा बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको छ।

विभागको तथ्याङ्क अनुसार साउनको पछिल्लो १६ दिनमा कूल ३ करोड २४ लाख ४३ हजार २२९ वटा कारोबारहरू यस उपहार योजनाको प्रक्रियामा सामेल भएका थिए। यिनै करोडौँ कारोबारमध्येबाट आज १६ जना भाग्यशाली विजेता छनोट गरिएको हो।

पारदर्शी कारोबार र कर प्रणालीमा सर्वसाधारणलाई प्रोत्साहित गर्ने उद्देश्यले सरकारले यस्तो पुरस्कार योजना ल्याएको हो। नियमसम्मत बिल लिने र डिजिटल माध्यमबाट भुक्तानी गर्ने जो कोही उपभोक्ता यसमा सहभागी हुन सक्ने विभागले जनाएको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।