सिद्धार्थ क्यापिटलका दुई योजनाहरुको लाभांश घोषणा, दुई योजनाका इकाईधनीहरुको भने हात खाली

Aug 18, 2026 10:09 AM Merolagani



सिद्धार्थ क्यापिटलले आफ्नो व्यवस्थापनमा सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ (SIGS2) र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ का इकाईधनीहरुका लागि वितरण गर्ने लाभांश घाषणा गरेको छ।

क्यापिटलले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का इकाईधनीहरुलाई ८ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ (SIGS3) का इकाईधनीहरुलाई १० प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो।

भदौ १ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। यसका साथै बैठकले सिद्धार्थ इक्विटी फण्ड (SEF) र सिद्धार्थ इक्विटी फण्ड २ (SEF2) का इकाईधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय पनि गरेको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।