अझै सुल्झिएन इन्ड्राइभ राइडरका माग, वैज्ञानिक भाडादरको माग गर्दै माइतीघरमा प्रदर्शन

Aug 18, 2026 02:53 PM Merolagani



इन्ड्राइभमा आवद्ध भएका चालकहरुको माग सम्बोधन नहुँदा उनीहरुले माइतीघरमा प्रदर्शन गरेका छन् । 

यसअघि इन्ड्राइभले माग सम्बोधन गर्न तयार भएकाले छलफलमा बोलाए पनि माग सम्बोधन नभएको भन्दै उनीहरु पुनः आन्दोलित भएका हुन् ।

वैज्ञानिक भाडादर निर्धारण र श्रम शोषण अन्त्यको माग गर्दै राइड सेयरिङ कम्पनी इन्ड्राइभका चालक तथा राइडरहरू आन्दोलनमा उत्रिएका हुन् ।

स्वतन्त्र चालक फाउन्डेसन नेपालको आह्वानमा चालकहरूले राइड सेयरिङ क्षेत्रलाई व्यवस्थित गर्न नीतिगत सुधार, उचित पारिश्रमिक र श्रमिकको हकहित तथा संरक्षण सुनिश्चित गर्न माग गरेका छन्।

चालकहरूले डिजिटल राइड–सेयरिङ क्षेत्रमा वैज्ञानिक तथा न्यायपूर्ण भाडादर कायम गर्नुपर्ने, श्रम शोषण तत्काल अन्त्य गर्नुपर्ने र चालक तथा राइडरको अधिकार सुनिश्चित गर्नुपर्ने बताएका छन्।

आन्दोलनका क्रममा मंगलबार चालकहरूले काठमाडौंमा बाइक र्‍यालीसमेत निकालेका छन्। फाउन्डेसनले आफ्ना माग सम्बोधन गर्न सम्बन्धित निकाय र राइड सेयरिङ कम्पनीलाई दबाब दिने उद्देश्यले विरोध कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।