सिप्रदीले ल्यायो ‘टाटा ईभी कार्निभल’को चौथो संस्करण, टियागो र पञ्च ईभीमा विशेष अफर

Aug 19, 2026 02:37 PM Merolagani



टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘टाटा ईभी कार्निभल’को चौथो संस्करण आयोजना गर्ने भएको छ। 

कम्पनीले आगामी अगस्ट २० देखि २३ गतेसम्म कार्निभल सञ्चालन गर्ने जनाएको छ।

 

कार्निभलअन्तर्गत टाटा ईभीका लोकप्रिय मोडल टियागो ईभी र पंच ईभी खरिद गर्ने ग्राहकका लागि विभिन्न आकर्षक सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ।

सिप्रदीका अनुसार कार्निभलमा ग्राहकले पुरानो सवारीसाधनको उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, लाइफटाइम डीसी फास्ट चार्जिङ सुविधा, निःशुल्क एक्सेसरिज, एक वर्षको वार्षिक सवारी कर तथा निःशुल्क होम चार्जिङ स्थापना सुविधा प्राप्त गर्नेछन्।

कम्पनीले ग्राहकलाई विद्युतीय सवारीतर्फ आकर्षित गर्ने तथा ईभी खरिदलाई थप सहज र किफायती बनाउने उद्देश्यले विशेष अभियान ल्याएको जनाएको छ।

कार्निभलका अवसरमा ग्राहकले सिप्रदीका देशभर रहेका शोरुममार्फत टाटा ईभीका मोडल अवलोकन तथा खरिद गर्न सक्नेछन्। कम्पनीले सीमित अवधिका लागि उपलब्ध हुने यी सुविधाबाट लाभ लिन ग्राहकलाई आग्रह गरेको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।