जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल पक्राउ

Aug 20, 2026 04:38 PM Merolagani



जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल पक्राउ परेका छन्।

प्रहरीले उनलाई बिहीबार जनता टेलिभिजनको बानेश्वरस्थित कार्यालयबाट पक्राउ गरेको हो। उनीमाथि चेक बाउन्ससम्बन्धी मुद्दा रहेको बताइएको छ।

दुई जना पूर्वकर्मचारीले पौडेलविरुद्ध १ लाख ५० हजार रुपैयाँको चेक बाउन्स भएको भन्दै उजुरी दिएका थिए। सोही मुद्दाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

यसअघि जनता टेलिभिजनका पूर्वपत्रकार तथा कर्मचारीहरूले लामो समयदेखि पारिश्रमिक नपाएको भन्दै आन्दोलन गर्दै आएका थिए। पूर्वकर्मचारीहरूले आफूहरूले काम गरेबापतको तलब तथा अन्य सुविधा पाउनुपर्ने माग गर्दै आवाज उठाउँदै आएका छन्।

चेक बाउन्सको मुद्दामा अध्यक्ष पौडेल पक्राउ परेसँगै जनता टेलिभिजनभित्रको कर्मचारी पारिश्रमिक विवाद फेरि चर्चामा आएको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।