सरकार लोकरिझ्याइँको लागि सेयर बजारलाई ‘बम्प’ गरेर ‘डम्प’ गर्न आएको होइनः अर्थमन्त्री वाग्ले

Aug 21, 2026 03:59 PM Merolagani



‘पछिल्लो चार महिनामा धेरै गाली खाएँ, बिष सरह पचाएर देशको हितको लागि अगाडि बढेको छुँ’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लोकरिझ्याइँका लागि सेयर बजारलाई कृत्रिम रूपमा उचालेर फेरि गिराउने नीति सरकारको नरहेको बताएका छन् ।

बिहीवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ विषयक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताएका हुन् । उनले नियमन, पारदर्शिता र लगानीकर्ताको हितलाई केन्द्रमा राखेर सेयर बजारलाई व्यवस्थित बनाउने नीतिअनुरुप सरकारले काम गरिरहेको बताए । उनले सेयर बजारमा हुने गतिविधिलाई स्वच्छ र नियमनकारी संरचनाभित्र राख्दै आम लगानीकर्ताको लगानी सुरक्षित गर्ने सरकारको नीति रहेको बताए । उनले साना लगानीकर्ताको हित संरक्षणलाई प्राथमिकतामा राखेर नियामकीय सुधारका कामहरु अघि बढाइएको समेत बताए । अर्थमन्त्री वाग्लेले सेयर बजारसम्बन्धी सरकारले लिएको नीतिका कारण पछिल्लो चार महिनामा आफूले व्यापक रुपमा आलोचना र गाली सहनुपरेको समेत बताए। उनले लोकप्रिय भन्दा मुलुकको अर्थतन्त्रमा दीर्घकालीन रुपमा सुधार हुने गरी कार्य भइरहेको समेत बताए । उनले अबको एकहप्तापछि चालु आर्थिक वर्षको बजेटमा सेयर बजारसम्बन्धी घोषणा गरिएका सुधारका विषयहरु कार्यान्वयनको चरणमा प्रवेश गर्ने उनको दाबी छ । फरक प्रसंगमा बोल्दै उनले एक सय रुपैयाँमाथिको समानमा भन्सार कर रास्वपा सरकार नलगाएको जिकिर गरे । उनले यसअघिकै सरकारहरुको पालामा बनेको नीतिअनुसार भन्सार महसुल लिँदै आएको बताए। उनले मधेशमा नेपाली नागिरकले भोगिरहेको समस्याबारे सरकार जानकार रहेको भन्दै नागरिकलाई दुःख नदिने र कतिपय कुरामा सरकार उदार हुने बताए । यद्धपी अवैध व्यापार तथा तस्करी नियन्त्रणका लागि निर्ममतापूर्वक प्रश्तुत हुने सरकारको नीति रहेको बताए।

उनले भने, ‘आम मधेशी दाजुभाई दिदिबहिनीहरुलाई दुःख नदिने, सानातिना कुरामा उदार भइदिने तर अवैध व्यापार तस्करीप्रति निर्मम हुने नीतिअनुसार हामी अघि बढेका छौँ । मधेशमा आम नागरिकले झेलिरहेको समस्या तपाईंहरुले पनि सुझाउनुहोला । गृहमन्त्रीजीले प्रहरी प्रशासन र अर्थमन्त्रीले भन्सार प्रशासनलाई कसरी जनमैत्री बनाउँदै लैजाने भन्ने कुरामा हामी तपाईको सुझावको आधारमा अघि बढ्न चाहान्छु । विगत पाँच, छ वर्ष अझ कोरोना भाइरस महामारीपछि जसरी नेपाली अर्थतन्त्र चलेको थियो, जसरी कर्जा प्रवाह गरियो, प्रवाह भएको कर्जा कस्तो क्षेत्रमा लगानी गर्न लगाइए ? वा लगानी भन्ने कुराको गम्भीर विश्लेषण गर्नुभयो भने हामी सही ठाउँमा थिएनौँ । त्यसलाई कोर्ष करेक्सन गरेर दीगो बाटोतिर लैजानु एउटा बलियो र जिम्मेवार सरकारको दायित्व हुन्छ । हामी दुई महिनाको लागि लोकरिझ्याइँको सेयर बजारलाई कृतिम ढंगले ह्वात्तै माथि उछालेर बम्प गरेर फेरी डम्प गर्नको लागि यो सरकार आएको होइन । सरकारले स्वच्छ र नियमनकारी खाकाभित्र बाँधेर आम लगानीकर्ता अझ साना लगानीकर्ताको लगानीको रक्षा गर्दै अगाडि जाने हाम्रो नीति हो । यसको लागि यो चार महिना यहाँहरुले मलाई गाली गर्नुभएको छ । मैले त्यो सबैलाई बिष सरह पचाएर देशको हितको लागि अगाडि बढेको छु । त्यसकारण एउटा सक्षम व्यक्तिलाई नियमाकीय निकायको अध्यक्ष बनाएर लिएर आएको छु । मैले आशा गरेको छु, अर्को एक हप्तापछि धमाधम बोर्डको बैठकहरु बस्दै बजेटमा बोलिएका सुधारहरु कार्यान्वयनतिर जान्छन् ।’

मधेशका नागरिकले भोगिरहेको सुरक्षा र सीमा व्यापारको समस्या सम्बोधन गर्न प्रहरी प्रशासन र भन्सार प्रशासनलाई जनमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।