भदौ २१ गतेदेखि एकीकृत कारोबार गर्दै स्वरोजगार र विन नेपाल लघुवित्त

Aug 22, 2026 06:47 PM Merolagani



स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड र विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ २१ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन्। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्तलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गर्न लागेको हो।

स्वरोजगार लघुवित्तले जेठ १ गते सम्पन्न विशेष साधारण सभा र विन नेपाल लघुवित्तले जेठ ५ गते सम्पन्न वार्षिक साधारण सभाबाट प्राप्तिसम्बन्धी प्रस्ताव पारित गरेका थिए।

एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंक र कम्पनी रजिस्ट्रारको कार्यालयबाट आवश्यक स्वीकृतिसमेत प्राप्त भइसकेको कम्पनीहरूले जनाएका छन्। एकीकृत कारोबार सुरु हुने दिन दुवै कम्पनीको सम्पूर्ण कारोबार बन्द रहने जानकारीसमेत कम्पनीहरूले दिएका छन्।

प्राप्तिपछि स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार सञ्चालन हुनेछ। कम्पनीको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको बनेपा-५ मा रहनेछ।

दुवै कम्पनी धितोपत्रको दोस्रो बजारमा सूचीकृत छन्। स्वरोजगार लघुवित्तको कुल ८९ लाख ५६ हजार ३३७ कित्ता र विन नेपाल लघुवित्तको ८ लाख ४३ हजार ४०६ कित्ता शेयर दोस्रो बजारमा सूचीकृत रहेको छ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।