सरकार र लघुवित्त ऋणीबीच १४ बुँदे सहमति: पुल्चोकमा धर्ना बसेका पीडितहरू घर फर्किए

Aug 23, 2026 11:16 AM Merolagani



ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू र नेपाल सरकारबिच सहमति भएको छ । सरकारसँग १४ बुँदे सहमति भएपछि विगत केही समयदेखि जारी धर्ना कार्यक्रम स्थगित गर्दै ऋणीहरू आज आ-आफ्नो घर फर्किएका छन् ।

नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबिच हिजो भदौ ६ गते भएको वार्तामा १४ बुँदे सहमति भएको थियो । सहमतिसँगै आन्दोलनका कार्यक्रम स्थगित गरी पीडितहरूलाई घर पठाउने प्रक्रिया सुरु गरिएको हो ।

साझा बसमार्फत ३२३ जनाको बिदाइ


सहमति पश्चात् आज बिहान ८:५० बजेदेखि सरकारले साझा यातायातका बसहरूको व्यवस्था गरी ऋणीहरूलाई उनीहरूको गन्तव्यतर्फ पठाएको छ । विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ३२३ जना ऋणीहरूलाई ८ वटा बसमार्फत बिदाइ गरिएको छ ।

आन्दोलनका लागि काठमाडौँ आएका झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासी लगायतका जिल्लाका ऋणीहरूलाई आ-आफ्नो क्षेत्रतर्फ पठाइएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

लघुवित्तको ऋणका कारण समस्यामा परेका सर्वसाधारणले न्यायको माग गर्दै लामो समयदेखि काठमाडौँ केन्द्रित आन्दोलन र धर्ना दिँदै आएका थिए । सरकारसँग भएको पछिल्लो सहमतिले पीडितका समस्या समाधान हुने अपेक्षा गरिएको छ ।




चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 02, 2026 06:42 AM

असोज १६ गते, शुक्रबार, चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेश्नल, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।