यस पटकको प्रदर्शनीमा जी१ (G1) ह्युमनोइड रोबोट र गो२ (Go2) क्वाड्रुपेड रोबोट (रोबोट कुकुर) प्रमुख आकर्षणका रूपमा रहनेछन् ।
यद्यपि, यी रोबोटहरूको चमकधमकभन्दा पछाडि नेपालले भोगिरहेको विद्युतीय सवारी (इभी) संक्रमणको गहिरो कथा लुकेको छ ।
तीव्र विद्युतीकरण र पूर्वाधारको चुनौती
नेपालमा हालसम्म करिब ६३ हजार विद्युतीय सवारीसाधन भित्रिइसकेका छन् । निजी क्षेत्र र नेपाल विद्युत् प्राधिकरणको पहलमा देशभर करिब दुई हजार चार्जिङ स्टेसनको सञ्जाल तयार भएको छ । रोचक तथ्य के छ भने, नेपाल भित्रिने इभीमध्ये ८० प्रतिशतभन्दा बढी चीनबाट आउँछन् भने बाँकी मुख्यतः भारतबाट आयात हुने गरेका छन् ।
यो परिवर्तन निकै छोटो समयमा अर्थात् एकै दशकभित्र भएको हो । तर, सवारीको आयात जुन गतिमा भयो, सोही गतिमा पूर्वाधार विकास हुन नसकेको नाडा नेतृत्वले नै स्वीकार गरेको छ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती भन्छन्, ‘नेपालमा इभी चार्जिङ पूर्वाधारभन्दा छिटो भित्रियो, यो कुरा नलुकाउनु नै राम्रो हो ।'
प्रदर्शनीले गाडी, चार्जर र वित्त उपलब्ध गराउनेहरूलाई एउटै ठाउँमा राखेर इमानदार छलफल गराउने लक्ष्य राखेको छ ।’