नाडा अटो शोमा प्रभु बैंकको सस्तो अटो कर्जा, ५.३५ प्रतिशत ब्याजदरमा पाइन्छ लोन

Aug 25, 2026 12:17 PM Merolagani



काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको नाडा अटो शो २०२६ मा प्रभु बैंकले गाडी खरिद गर्न चाहने ग्राहकका लागि सस्तो अटो कर्जा प्रदान गरेको छ ।

बैंकले नाडा अटो शोको अवसरमा प्रभु अटो लोन योजनाअनर्तगत ‘सफाइनान्स सेवा उपलव्ध गराएको हो ।

बैंकले साउन महिनाको आधार दर(बेस रेट)मा ०.५० प्रतिशत प्रिमियम अर्थात ५.३५ प्रतिशत ब्याजदरमा अटो कर्जा उपलव्ध गराएको हो ।

सपनाको कार योजना

नाडा अटो शोको अवसर पारेर बैंकले ग्राहकहरूको ‘सपनाको कार’ खरिद गर्ने चाहनालाई पुरा गर्न यो सुलभ फाइनान्स सेवा ल्याएको हो। प्रदर्शनी स्थलमै बैंकले आफ्नो उपस्थिति जनाउँदै गाडी छनोट गर्ने ग्राहकहरूलाई तत्कालै कर्जा सम्बन्धी परामर्श र प्रक्रिया अगाडि बढाउन सहयोग गरिरहेको छ।

बजारमा अन्य वाणिज्य बैंकहरूको तुलनामा प्रभु बैंकले प्रस्ताव गरेको यो ब्याजदर निकै प्रतिस्पर्धात्मक र सस्तो मानिएको छ। नाडा अटो शोमा नयाँ गाडी खरिद गर्ने सोचमा रहेका उपभोक्ताहरूका लागि बैंकको यो योजना निकै उपयोगी हुने देखिएको छ।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।