प्रधानमन्त्री शाहले आज संसदमा कालो चस्मा लगाएरै सांसदका प्रश्नको जवाफ दिने

Aug 26, 2026 06:29 AM Merolagani



प्रधानमन्त्री वालेन्द्र (बालेन)ले प्रतिनिधिसभाको बैठकमा आज सांसदका प्रश्नको जवाफ दिने छन् ।

दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेनले दिने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । 

बैठकमा प्रधानमन्त्री बालेनले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आव २०८१/८२ प्रस्तुत गर्नेछन् । 

त्यस्तै, बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।