२३ महिनाकाे वस्तु आयात गर्न पुग्ने गरी विदेशी मुद्रा सञ्चिति पुग्याे तीन खर्ब ८९ अर्ब नाघ्यो

Aug 26, 2026 05:44 PM Merolagani



मुलुकको विदेशी मुद्रा सञ्चितिमा उच्च वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथ्याङ्क अनुसार गत असार मसान्तसम्ममा कुल विदेशी विनिमय सञ्चिति बढेर तीन खर्ब ८९ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सञ्चिति दुई खर्ब ६७ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो। समीक्षा वर्षमा कुल विदेशी विनिमय सञ्चिति ४५ दशमलव ६ प्रतिशतले बढेको छ

अमेरिकी डलरको आधारमा पनि विदेशी मुद्रा सञ्चिति उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो वर्ष १९ अर्ब ५० करोड अमेरिकी डलर रहेको सञ्चिति समीक्षा वर्षमा २९ दशमलव ८ प्रतिशतले वृद्धि भई २५ अर्ब ३१ करोड अमेरिकी डलर पुगेको केन्द्रीय बैंकले जनाएको छ

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति तीन खर्ब ४७ अर्ब ३१ करोड रुपैयाँ र अन्य बैंक तथा वित्तीय संस्थासँग रहेको सञ्चिति ४२ अर्ब ४४ करोड रुपैयाँ कायम भएको छ। कुल सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव ३ प्रतिशत रहेको छ

बढेको विदेशी मुद्रा सञ्चितिले मुलुकको बाह्य क्षेत्र बलियो रहेको देखाएको छ। हाल कायम रहेको विदेशी विनिमय सञ्चितिले बैंकिङ क्षेत्रको २३ महिनाको वस्तु आयात र १९ महिनाभन्दा बढी समयको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिएको छ




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।