'रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

Aug 27, 2026 06:33 AM RSS



रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको भन्दै फैलिएको सूचनामा कुनै आधिकारिकता नभएको बाढी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ । 

 महाशाखाका अनुसार हालसम्म प्राप्त सूचना र प्रारम्भिक विश्लेषणका आधारमा थप ठूलो बाढी आउने कुनै विश्वसनीय आधार देखिएको छैन । 

नागरिकलाई संयमित रहन तथा अपुष्ट सूचना एवं हल्लाको पछि नलाग्न महाशाखाले आग्रह गरेको छ । 

उक्त क्षेत्रमा वर्षा भइरहेकाले नदीको बहाव केही बढ्न सक्ने भए पनि हालसम्म थप विनाशकारी बाढी आउने सम्भावना नदेखिएको महाशाखाले जनाएको छ । 

नेपालतर्फ कुनै ठूलो बाढी प्रवेश गर्ने अवस्था देखिएमा सीमा क्षेत्रमा तैनाथ सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी तत्काल जानकारी गराइने महाशाखाको सूचनामा उल्लेख छ । 

त्यस्तो अवस्थामा ‘एसएमएस’लगायत उपलब्ध सञ्चारमाध्यमबाट यथाशीघ्र आधिकारिक पूर्वसूचना प्रवाह गरिनेछ । 

महाशाखाले बाढीसम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक स्रोतलाई मात्र आधार मान्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।




यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।