प्रि ओपन सेसन अपडेटः करिब साढे ४ अंक घट्यो नेप्से

Aug 27, 2026 10:52 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ४ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ३५.९२ अंक घटेर २५५८.३५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.३६ अंक घटेर २५५३.९९ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.५१ अंक घटेको छ।

बिहीबार प्रि ओपन सेसनमा ४९ स्टकको ११० पटकको कारोबारमा २६ लाख ३५ हजार ३९६ रुपैयाँ ९० पैसाबराबरको ६ हजार ९०४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १० स्टकको मूल्य बढेको छ भने ३२ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।