माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजनाका ४६ कर्मचारी बेपत्ता, को–को हुन (नामावलीसहित)

Aug 27, 2026 11:44 AM merolagani



रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली ३ए जलविद्युत आयोजनाको पावर हाउस र बाँध क्षेत्रमा कार्यरत ४६ जना कर्मचारी बेपत्ता भएका छन्।

नेपाल विद्युत प्राधिकरणले सार्वजनिक गरेको नामावलीअनुसार बेपत्ता हुनेहरूमा उच्च तहका इन्जिनियरदेखि सुरक्षाकर्मीसम्म रहेका छन्।

बेपत्ता हुनेहरूमा आयोजनाका सहायक प्रबन्धक विनोद प्रसाद पाण्डे, सिभिल इन्जिनियर दिलीप यादव, मेकानिकल इन्जिनियरहरू राजेन्द्र ढकाल र महेन्द्र विक्रम शाही रहेका छन्। यस्तै, सात जना सहायक इन्जिनियर र ६ जना सुपरभाइजरहरू पनि बेपत्ताको सूचीमा छन्।

व्यवस्थापन र इन्जिनियरिङतर्फ सहायक प्रबन्धक (१), इन्जिनियर (३), सहायक इन्जिनियर (७)। सुपरभाइजर (११), फोरम्यान (८), इलेक्ट्रीसियन (१), जुनियर मिस्त्री (४), कार्यालय सहयोगी (३), हेल्पर (३), मेकानिकल तथा टेक्निकल सपोर्टर (२), स्वीपर (१) ७ जना सुरक्षा गार्डहरू बेपत्ता भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बेपत्ता हुनेहरूमा अधिकांश ‘स्थायी’ कर्मचारी रहेका छन् भने केही दैनिक ज्यालादारी र सेवा सम्झौता (इन्फोटेक नेपाल सेक्युरिटी र गोर्खाली योद्धा) मार्फत कार्यरत कर्मचारीहरू रहेका छन्।

बाढीले आयोजनाको पावर हाउस र बाँध क्षेत्रमा ठूलो क्षति पुर्‍याएको र सोही क्रममा ड्युटीमा रहेका कर्मचारीहरू सम्पर्कविहीन भएको बताइएको छ। हाल उनीहरूको खोजी कार्य र क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको छ। माथिल्लो त्रिशूली ३ए ६० मेगावाट क्षमताको आयोजना हो, जसले राष्ट्रिय प्रसारण प्रणालीमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

रसुवा बाढीमा बेपत्ता नेपाल विद्युत् प्राधिकरणका कर्मचारी तथा कामदारको नामावली
विनोद प्रसाद पाण्डे
दिलीप यादव
राजेन्द्र ढकाल
महेन्द्र विक्रम शाही
सन्तोष कुमार ठाकुर
इन्द्र अधिकारी
ओम प्रकाश चौधरी
खेमराज भट्टराई
विकास यादव
रमेश कुमार यादव
विष्णु भण्डारी
आइता तामाङ
सौगरथ यादव
हरि बहादुर बोगटी
रबिना तुल्सीबाख्यो
सञ्जय शाह
रमिला भण्डारी
रोवन पराजुली
सूर्य बहादुर केसी
खगेन्द्र मगराती
नारायण प्रसाद आचार्य
अमरकान्त चौधरी
देव गिरी
सुदीप कुमार श्रेष्ठ
जितेन्द्र कुमार गुप्ता
अस्मिता लामा
कबिर महर्जन
तेज बहादुर जिरेल
जिबलाल अधिकारी
तिल बहादुर राना
कीर्ता सिंह विष्ट
निरज बाबु रेग्मी
श्यामनन्द अधिकारी 
राजकुमार भट्टराई
कञ्ची गुरुङ चौधरी
शान्ति माया तामाङ
रामशरण न्यौपाने
झपट बहादुर घर्ती
अस्मिला लामा
हर्क बहादुर तामाङ
मीना शाही
टेक बहादुर तामाङ
रोशनी तामाङ
मिलन तामाङ
कोमन सिंह तामाङ
सुशान तामाङ




यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।