उद्धारमा हेलिकप्टर परिचालन र तोकिएको दरमै टिकट बिक्री भइरहेको वायुसेवा सञ्चालन संघको स्पष्टोक्ति

Aug 27, 2026 12:49 PM Merolagani



भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति वायुसेवा सञ्चालन संघ, नेपाल (AOAN) ले गहिरो दुःख व्यक्त गरेको छ। बाढीमा परि दिवंगत हुनुभएका स्वदेशी तथा विदेशी पर्यटक एवं सर्वसाधारणहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै संघले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

संकटको यस घडीमा संघका सदस्य वायुसेवा कम्पनीहरूका हेलिकप्टरमार्फत खोज तथा उद्धार कार्य तिब्र पारिएको छ। बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री, राहत सामग्री तथा उद्धारमा खटिने सुरक्षाकर्मीहरूलाई पुर्‍याउने काम भइरहेको र घाइतेहरूलाई हेलिकप्टरबाट उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको संघले जनाएको छ।

 

त्यस्तै, विषम परिस्थितिमा केही सेक्टरमा यात्रुहरूको अत्यधिक चापका कारण सस्तो दरका टिकट सकिए तापनि मानवीय र सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै सदस्य वायुसेवा कम्पनीहरूले सरकारले तोकेको साविककै भाडादरमा टिकट बिक्री वितरण गरिरहेको स्पष्ट पारेको छ।