रसुवा बाढी प्रभावितलाई सहयोग गर्न नेपाल उद्योग परिसंघको अपिल

Aug 27, 2026 04:43 PM Merolagani



रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाल उद्योग परिसंघले बाढी प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन अपिल गरेको छ।

परिसंघले बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। विपद्को यस कठिन घडीमा प्रभावित नागरिकलाई अत्यावश्यक राहत सामग्री उपलब्ध गराउनुका साथै पुनर्निर्माण तथा आवश्यक सहयोगका लागि परिसंघले Disaster Response Committee स्थापना गरेको जनाएको छ।

परिसंघले सरकार र समुदायसँग हातेमालो गर्दै राहत तथा पुनःस्थापनाको कार्यमा योगदान गर्न आफ्ना सम्पूर्ण सदस्य संस्था, उद्यमी–व्यवसायी तथा व्यावसायिक संघसंस्थालाई आग्रह गरेको छ।

त्यस्तै, प्रभावित नागरिकको राहत, उपचार तथा पुनःस्थापनाका कार्यलाई तीव्रताका साथ अघि बढाउन नेपाल सरकारसमक्ष समेत परिसंघले हार्दिक अनुरोध गरेको छ।

 

 




यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।