मन्त्रिपरिषद बैठकका ३ निर्णय: प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब उद्धार कोषमा जम्मा गरिनुका साथै राहत तथा पुनर्स्थापना प्याकेज बनाउने जिम्मा अर्थ मन्त्रालयलाई दिने

Aug 28, 2026 01:59 PM Merolagani



प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब उद्धार कोषमा जम्मा गरिनुका साथै सरकारले बाढी प्रभावित व्यक्ति तथा व्यावसायिक संस्थाहरूलाई राहत तथा पुनर्स्थापना प्याकोज बनाउने जिम्मा अर्थ मन्त्रालयलाई दिएको छ ।

मन्त्रिपरिषद्को बैठकले भोटेकोसी बाढीबाट प्रभावित जिल्लाका व्यक्ति तथा व्यावसायिक संस्थाका लागि सहुलियत तथा रिकोभरी प्याकेज (बिजनेस रिकोभरी प्याकेज) बनाउने जिम्मा अर्थ मन्त्रालयलाई दिएको सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनाकारी दिए ।

यी हुन् भदौ १२ गते बसेको मन्त्रिपरिषद्का निर्णयहरू :

१. २०८३ भदौ १० गते नेपाल चीन सीमा रसुवागढी एवं भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति, व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनःस्थापना प्याकेज (Business Recovery Package) तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने ।

२. भारत सरकारसँग जीटूजी खरिद माध्यमबाट २५ हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने ।

३. २०८३ भदौ १० गते नेपाल चीन सीमा रसुवागढी एवं भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावितहरूको सहयोगार्थ सम्माननीय प्रधानमन्त्रीज्यूलगायत मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने ।




यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।