५ जिल्लाका १५ स्थानीय तह विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

Aug 29, 2026 11:02 AM Merolagani



सरकारले नेपाल–चीन सीमास्थित भोटेकोशी–लेन्दे खोलामा आएको बाढीका कारण प्रभावित भएका ५ जिल्लाका १५ वटा स्थानीय तहलाई ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेको छ। गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै उक्त निर्णयको जानकारी दिएको हो।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी राजपत्रमा सूचना प्रकाशन भएको मिति (२०८३ भदौ ११ गते) देखि लागू हुने गरी तीन महिनाका लागि ती क्षेत्रहरूलाई सङ्कटग्रस्त घोषणा गरिएको छ।

राजपत्रमा प्रकाशित सूचना अनुसार रसुवाका उत्तरगया, गोसाइँकुण्ड, कालिका र आमाछोदिङ्मो गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ। त्यसैगरी नुवाकोटका विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिका परेका छन्। धादिङका गल्छी, सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिका तथा तनहुँका देवघाट र आँबूखैरेनी गाउँपालिकालाई पनि सङ्कटग्रस्त क्षेत्र तोकिएको छ। गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठका अनुसार बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउनका लागि यी क्षेत्रहरूलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको हो।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।