मुक्तिनाथ म्युचुअल फण्ड १ को प्रतिफल घोषणा, बुकक्लोज कहिले?

Aug 31, 2026 10:24 AM Merolagani



मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालित मुक्तिनाथ म्युचुअल फण्ड १ (MNMF1) का इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।

क्यापिटलले इकाईधनीहरुलाई कर सहित २.२० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। भदौ ११ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

साथै सो बैठकले प्रतिफल वितरण प्रयोजनार्थ भदौ २४ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय पनि गरेको छ। यस अनुसार भदौ २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले सो दरमा लाभांश प्राप्त गर्न सक्नेछन्।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।