राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम (OBSS) मार्फत बोलकबोलमा सहभागी हुन सक्नेछन्। यो निक्षेपको अवधि ८६ दिनको रहनेछ र आगामी २०८१ मंसिर ९ गते सावाँ तथा ब्याज भुक्तानी हुनेछ।
बोलकबोलका मुख्य शर्तहरू:
१. सहभागी हुन पाउने संस्था: नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।
२. ब्याजदर: निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण गरिनेछ। बहु-ब्याजदरमा पनि बोलकबोल गर्न सकिने व्यवस्था छ।
३. रकमको सीमा: घटीमा १० करोड र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिनेछ।
४. प्राथमिकता: सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोलवालालाई पहिलो प्राथमिकतामा राखी क्रमशः बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ।
अन्य प्रावधानहरू:
संकलित निक्षेप रकमलाई बैंकहरूले अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न पाउने छैनन्। तर, यसलाई वैधानिक तरलता अनुपात (SLR) र तरलता अनुपात (Liquidity Ratio) मा भने गणना गर्न पाइनेछ।
साथै, यो निक्षेप रकमलाई राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिने सूचनामा उल्लेख छ। यस उपकरणको भुक्तानी अवधि अगावै 'प्रि-म्याच्योर' भुक्तानी भने हुने छैन।
बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) थुप्रिएपछि राष्ट्र बैंकले बजारबाट रकम प्रशोचन गर्न समय-समयमा यस्ता उपकरणहरू प्रयोग गर्दै आएको छ।