बाढीबाट निजी क्षेत्रतर्फ कुल ७ वटा आयोजनाहरूमा क्षति पुगेको छ, जसको कुल क्षमता ५७३ मेगावाट रहेको छ। यसअन्तर्गत सञ्चालनमा रहेका २३१ मेगावाट क्षमताका ४ वटा निजी आयोजनाहरूमा रसुवागढी (१११ मेगावाट), सान्जेन खोला (७८ मेगावाट), लाङटाङ खोला (२० मेगावाट) र चिलिमे (२२ मेगावाट) रहेका छन्। त्यस्तै, निर्माणाधीन ३ वटा निजी आयोजनातर्फ ३४२ मेगावाट क्षमताका माथिल्लो त्रिशूली-१ (२१६ मेगावाट), रसुवा भोटेकोशी (१२० मेगावाट) र माथिल्लो मेलुङ-ए (६.४२ मेगावाट) मा क्षति पुगेको छ।
सरकारी क्षेत्रतर्फ सञ्चालनमा रहेका १२३ मेगावाट क्षमताका ४ वटा आयोजनाहरूमा क्षति भएको छ। जसमा २४ मेगावाटको त्रिशूली, १४.१ मेगावाटको देवीघाट, ६० मेगावाटको माथिल्लो त्रिशूली-३ए र २५ मेगावाटको सोलार आयोजना रहेका छन्। सरकारी क्षेत्रका निर्माणाधीन आयोजनाहरूमा भने कुनै क्षति नभएको प्रारम्भिक विवरणमा उल्लेख छ।
