प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

Aug 31, 2026 03:32 PM Merolagani



प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटवार्ता भएको छ।

भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा सरकारले गरिरहेको खोज, उद्धार, राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको छ।

भेटका क्रममा बाढी प्रभावित नागरिकको उद्धार तथा राहतसँगै क्षतिग्रस्त संरचनाको पुनःस्थापनाका विषयमा पनि छलफल भएको थियो।

प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको रक्षा, राहत सामग्रीको सहज पहुँच तथा पुनःस्थापनाका लागि सरकारी संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी लामिछानेलाई गराएका छन्।

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र नागरिक व्यवस्थापनका कामलाई प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ।